FAQs Complain Problems

पत्ताले बजार

Read More

पत्ताले बजार

Read More

सगरमाथा

Read More

सल्लेरी बजार

Read More

नुम्बुर हिमाल

Read More

सोलुदुधकुण्ड नगरपालिकाको संक्षिप्त परिचय

सोलुखुम्बु जिल्लाकै एक मात्र नगरपालिका तत्कालिन बेनी, लोदिंग, तामाखानी, सल्लेरी र गार्मा गा. वि. स. मिलेर दुधकुण्ड नगरपालिकाको स्थापना बिक्रम सम्बत २०७१ मंसिर १७ गते भएको थियो । पुर्वाञ्चल विकास क्षेत्रमा रहेको यस नगरपालिका २७° ५०′ २१″ उत्तरी अक्षांश र ८६° ५८′ ६१″  पुर्बी देशान्तरमा अवस्थित छ । तत्कालिन नगरपालिकाको क्षेत्रफल २५४.३ वर्ग किमी रहेकोमा मिति २०७३ साल फाल्गुन २७ गते तत्कालिन टाक्सिन्दु, केरुंग, गोराखानी र टापटिंग समाबेश भई सोलुदुधकुण्ड नगरपालिका कायम रहेको छ ।  २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या २०३९९ र क्षेत्रफल ५३८.०९ वर्ग किलोमिटर रहेकोमा मिति २०७४-११-१४ गते साविकको नेचासल्यान ६, तिङला वडा समेत समावेश भई नगरपालिकाको कुल जनसङ्ख्या  २०७८  सालको प्रारम्भिक जनगणनाको नतिजा अनुसार २७०१३  र क्षेत्रफल ५६५.०६ वर्ग किलोमिटर कायम रहेको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको संक्षिप्त चिनारी :

नेपालको नं. १ प्रदेश अन्तर्गत पर्ने सोलुखुम्बु जिल्ला सतहत्तर जिल्ला मध्ये उच्च हिमाली जिल्ला हो । यहि जिल्लाको पश्चिम दक्षिण दिशामा अवस्थित सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लाको सदरमुकाम पनि हो । विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस हिमाली जिल्लाले जम्मा ३३१२ वर्ग किलोमीटर छेत्रफल ओगटेको छ र जनसंख्या १०५८८६ रहेको छ । नेपालको एक महत्वपुर्ण प्रयटन गनतव्यको रुपमा रहेको यस सोलुदुधकुण्ड नगरपालिकाको उत्तर तर्फ नुम्बुर हिमाल र यस हिमालको काखमा अवस्थित दुधकुण्ड पोखरी पर्दछ भने  राजनितिक विभाजनमा उत्तर तिर खुम्बु पासाङ ल्हामु गाउँपालिका, पूर्वमा काँकु, बासा र खुम्बु पासाङ ल्हामु गाउँपालिका, पश्चिममा लिखुपिके गाउँपालिका र रामेछाप जिल्ला तथा दक्षिणमा नेचा-सल्यान गाउँपालिका र ओखलढुङ्गा जिल्ला पर्दछन् । प्रमुख पर्यटन केन्द्रको रुपमा रहेको यस जिल्लामा संसारकै उच्च सर्बोच्च शिखर सगरमाथा(८८४८.८६ मिटर) रहेको छ । संसारका विभिन्न देशबाट पर्यटकहरु बिदा मनाउन तथा पर्वतारोहणका लागि यस क्षेत्रमा आउने गर्छन ।

सोलुखुम्बु जिल्लाकै एक मात्र नगरपालिका तत्कालिन बेनी, लोदिंग, तामाखानी, सल्लेरी र गार्मा गा. वि. स. मिलेर दुधकुण्ड नगरपालिकाको स्थापना बिक्रम सम्बत २०७१ मंसिर १७ गते भएको थियो । पुर्वाञ्चल विकास क्षेत्रमा रहेको यस नगरपालिका २७° ५०′ २१″ उत्तरी अक्षांश र ८६° ५८′ ६१″  पुर्बी देशान्तरमा अवस्थित छ । तत्कालिन नगरपालिकाको क्षेत्रफल २५४.३ वर्ग किमी रहेकोमा मिति २०७३ साल फाल्गुन २७ गते तत्कालिन टाक्सिन्दु, केरुंग, गोराखानी र टापटिंग समाबेश भई सोलुदुधकुण्ड नगरपालिका कायम रहेको छ ।  २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या २०३९९ र क्षेत्रफल ५३८.०९ वर्ग किलोमिटर रहेकोमा मिति २०७४-११-१४ गते साविकको नेचासल्यान ६, तिङला वडा समेत समावेश भई नगरपालिकाको कुल जनसङ्ख्या  २०७८  सालको प्रारम्भिक जनगणनाको नतिजा अनुसार २७०१३  र क्षेत्रफल ५६५.०६ वर्ग किलोमिटर कायम रहेको छ ।

१.  सोलुदुधकुण्ड नगरपालिकाको संक्षिप्त चिनारी :

नेपालको नं. १ प्रदेश अन्तर्गत पर्ने सोलुखुम्बु जिल्ला सतहत्तर जिल्ला मध्ये उच्च हिमाली जिल्ला हो । यहि जिल्लाको पश्चिम दक्षिण दिशामा अवस्थित सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लाको सदरमुकाम पनि हो । विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस हिमाली जिल्लाले जम्मा ३३१२ वर्ग किलोमीटर छेत्रफल ओगटेको छ र जनसंख्या १०५८८६ रहेको छ । नेपालको एक महत्वपुर्ण प्रयटन गनतव्यको रुपमा रहेको यस सोलुदुधकुण्ड नगरपालिकाको उत्तर तर्फ नुम्बुर हिमाल र यस हिमालको काखमा अवस्थित दुधकुण्ड पोखरी पर्दछ भने  राजनितिक विभाजनमा उत्तर तिर खुम्बु पासाङ ल्हामु गाउँपालिका, पूर्वमा काँकु, बासा र खुम्बु पासाङ ल्हामु गाउँपालिका, पश्चिममा लिखुपिके गाउँपालिका र रामेछाप जिल्ला तथा दक्षिणमा नेचा-सल्यान गाउँपालिका र ओखलढुङ्गा जिल्ला पर्दछन् । प्रमुख पर्यटन केन्द्रको रुपमा रहेको यस जिल्लामा संसारकै उच्च सर्बोच्च शिखर सगरमाथा(८८४८ मिटर) रहेको छ । संसारका विभिन्न देशबाट पर्यटकहरु बिदा मनाउन तथा पर्वतारोहणका लागि यस क्षेत्रमा आउने गर्छन ।

 

१.१. भौगोलिक अवस्थिति :

सिमाना :-

  • पूर्व - काँकु, बासा र खुम्बु पासाङ ल्हमु गाउँपालिका 
  • पश्चिम - लिखुपिके गाउँपालिका, रामेछाप जिल्ला
  • उत्तर - खुम्बपासाङ ल्हमुु गाउँपालिका 
  • दक्षिण -  नेचासल्यान गाउँपालिका  र  ओखलढुङ्गा जिल्ला 
  • भू–भौगोलिक क्षेत्र - पहाडी क्षेत्र र हिमाली क्षेत्र 
  • प्रमुख नदी/खोला - सोलुखोला, कुनीखोला, शिसाखोला ।

१.२.राजनीतिक तथा प्रशासनिक विभाजन :

  • प्रदेश नं. - १
  • अञ्चल - सगरमाथा
  • जिल्ला - सोलुखुम्बु 
  • वडा - ११ वटा वडा 

१.३. जनसंख्या स्थिति र क्षेत्रफल ( राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार) :

  • कूल संख्या - २७०१३
  • पुरुष - १३७००
  • महिला - १३३१३
  • क्षत्रफल - ५६५.०६ वर्ग किलोमिटर

१.४.  स्वास्थ्य सेवाको अवस्था :

  • अस्पताल संख्या : १ ( जिल्ला अस्पताल फाप्लु )
  • स्वास्थ्य चौकी संख्या : ९ वटा ( बेनी, गार्मा, तामाखानी, सल्लेरी, टाक्सिन्दु, केरुंग, गोराखानी,  टाप्टिंग र तिङ्गला स्वास्थ्य चौकी)
  • बर्थिंग सेन्टर : ६ वटा ( जिल्ला अस्पताल फाप्लु, स्वास्थ्य चौकीहरु: १. बेनी, गार्मा, केरुंग, गोराखानी र ताप्टिंग)
  • सहरी स्वास्थ्य केन्द्र : २ वटा ( रोशी जैधु सल्लेरी, च्याल्सा गार्मा)
  • सामुदायिक स्वास्थ्य ईकाई : १ वटा ( घुन्सा सामुदायिक स्वास्थ्य ईकाई केरुंग)
  • सामुदायिक आँखा केन्द्र : १ वटा ( फाप्लु )
  • सामुदायिक दन्त उपचार केन्द्र : १ वटा ( फाप्लु )
  • गैर सरकारी संस्था बाट संचालित स्वास्थ्य संस्था हरु : ४ वटा ( सालाबेसी, फेरा, टाक्सिन्दू गुम्बा र पाताले)
  • निजि दन्त उपचार केन्द्र : १ वटा ( सल्लेरी ) 

१.५. शिक्षाको अवस्था :

  • सरकारी विद्यालयको संख्या - ६४
  • स्रोत केन्द्रः २
  • निजी विद्यालयको संख्या - ५
  • क्याम्पस संख्या - २
  • आ.वि संख्या - ५४
  • मा.वि. संख्या - १०

१.६. आर्थिक विकासका प्रमुख क्षेत्रहरू :

  • प्रमुख बालीहरू - गहुँ, मकै, आलु आदि ।
  • प्रमुख फलफुलहरू - स्याउ, आरु, नासपती आदि ।
  • प्रमुख तरकारी बाली - काउली, केराउ, सिमी, काँक्रो, फर्सी, गाँजर, चम्सुर, पालुङ्गो, लसून, बन्दाकोभी, गोलभेडा आदि ।
  • प्रमुख जडीबुटी - जटामसी, सुगन्धवाला, सुगन्धकाकिला, सिलाजित, भुईझ्याउ, सर्पगन्धा, यार्सागुम्बा, पाँचऔले, चिराइतो, कुड्की, मजिठो, पदमचाल, बोझो आदि ।

१.७. धार्मिक तथा पर्यटकीय क्षेत्रहरू :

  • प्रमुख जात्रा - मनी रिम्डु, लाखे जात्रा, भुमेनाच आदि ।
  • प्रमुख हिमाल, गुफा तथा पर्वतहरू -
  • पिके डाँडा, रातनाङ्गे, क्याम्जे डाँडा, सिलगुडी डाँडा, साङ्गीफुक, नुम्बुर हिमाल, दुधकुण्ड पत्ताले डाँडा, झाप्रे आदि ।
  • मन्दिरहरु - तामाखानी स्थित ज्वालामाई मन्दिर, सानो दुधकुण्ड तथा ठूलो दुधकुण्ड, गुप्तकाली, चांगेस्थान, बालाथान आदि ।

१.८. प्रमुख पर्यटकीय स्थल -

  • रातनाङ्गे डाँडा, चिवाङ गुम्बा, फाप्लु स्थित सानो दुधकुण्ड मन्दिर, तामाखानी स्थित ज्वालामाई मन्दिर, गुप्तकाली मन्दिर, ग्याम डाँडा, थुप्तेन छोलिङ्ग, जुनवेशी, च्याल्सा, फुगमोछे गुम्बा, संगीफुक, झाप्रे, पत्ताले डाँडा, पि.के डाँडा, गौरी टाँप आदि ।

 

Pages

सूचना तथा जानकारी

जन प्रतिनिधि

नाम्गेल जाङबु शेर्पा
namgyal_108@yahoo.com
9841344690
गान्धीमाया तामाङ
gandhitamang12@gmail.com
9842535312
छोङ्वा शेर्पा
kccnepal@hotmail.com
9842800074
ङवाङ ठिले शेर्पा
ngawangs535@gmail.com
9851069379
लाक्पा गेलु शेर्पा
lhakgel@gmail.com
9842535461
युवास तामाङ
yuwaslama@gmail.com
9852850050
मिङमार तामाङ
mingmarsyngbo47@gmail.com
9852868000
फुर्वा ग्याल्जेन शेर्पा
sherpa.phuri990@gmail.com
9852866611
सोनाम ग्याल्जेन शेर्पा
sonamgsherpa@hotmail.com
9851063728
पासाङ कटुवाल
pasangkatwal@gmail.com
9863005850
धन राज तामाङ
tamangdhanraj85@gmail.com
9851114538
होम बहादुर मगर
homthapa75@yahoo.com
9851149123
टंक बहादुर कार्की
tankakarki322@gmail.com
9852833090

कर्मचारी

कोपिला राई
kopilaraiofficial@gmail.com
9852822111

हाम्रो सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी ( वडा सचिव ) ।
सेवा दिने कार्यालयः- वडा कार्यालय ।
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क ।
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२. अदालतबाट सम्बन्ध बिच्छेद फैसलाको प्रतिलिपि ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी ( वडा सचिव ) ।
सेवा दिने कार्यालयः- वडा कार्यालय ।
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क ।
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

२. बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी ( वडा सचिव )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क ।
आवश्यक कागजातहरुः-

१. सम्बन्धित बच्चाको बाबु र आमाको नागरिकता ।

२. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता ।

३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।

४. अस्पतालमा जन्म भए अस्पतालको कागजात ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी ( वडा सचिव )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि: शुल्क ।
आवश्यक कागजातहरुः-

१. श्रीमान श्रीमतीको नागरिकता ।

२. श्रीमतीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता ।

३. माईती तर्फ बाबु र आमाको नागरिकता ( श्रीमान र श्रीमती दुवै कार्यालयमा उपस्थित हुनुपर्ने ।)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी ( वडा सचिव )
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता ।

२. सूचना दिने मानिसको नागरिकता ।

३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ।

 

सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिकको हकमा चा.लु आ.वको मंसिर १५ गते भित्र दर्ता भए आगामी आ.व.को पहिलो चौमासिक देखि भत्ता पाउने र अन्यको हकमा सोही आ.व.मा निवेदन पेश गरे निवेदन पेश गरेको पछिल्लो चौमासिकमा भत्ता पाउने ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ६८ वर्ष पुरा भएको नागरिकताको प्रतिलिपि ।

२. बिधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता  प्रमाण पत्र प्रतिलिपि, अन्यत्रबाट आएको भए बसाई सराई गरेको प्रमाणपत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन ।

३. दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपि ।

४. दलित बालबालिका पोषण अनुदानको लागि ( जन्मदेखि पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिकता प्रतिलिपि ।

५. अपाङ्ग परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयवाट जारि गरिएको अपाङ्ग परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गको हकमा संरक्षकको समेतको २ फोटो । 

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पत्रको भएको निवेदन उपर स‍ोही दिन ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर र सिफारिस दस्तुर न.पाले तोके वमोजिम ।
आवश्यक कागजातहरुः-

१. निवेदक, निवेदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता । 

२. जन्मदर्ता, मृत्युदर्ता मृतकको २ वा सो भन्दा वढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मञ्जुरीनामा ।

३. जग्गा धनी प्रमाण पुर्जा ।

४. एकिकृत सम्पत्ति कर तिरेको रसिद ।

५. नाता प्रमाणित फोटोकपी आवश्यक भएमा नापी नक्सा र सम्बन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको  किटानी सिफारिस पत्र वा वसाई सराई प्रमाण पत्र । 

Pages

अन्य