FAQs Complain Problems

Photo Gallery

मिति २०८१/ १/ २० गतेका दिन सोलुदुधकुण्ड नगरपालिकाका मेयर श्री नाम्गेल जाङ्वु शेर्पाज्यूको प्रमुख आतिथ्यता, विशिष्ट अतिथी उपप्रमुख श्री गान्धी माया तामाङज्यू , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कोपिला राईज्यू ,वडा न - ७ का वडा अध्यक्ष श्री सोनाम ग्याल्जेन शेर्पाज्यू अन्य जनप्रतिनिधिज्युहरु र सम्पुर्ण सरोकारवालाहरुको उपस्थितिमा सेकारसिङ- वाराने- सोलुखोला आर्यघाट सडक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सडक निर्माण उपभोक्ता समितिका सयोजक श्री भुपाल कार्किज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । यस सडक निर्माणमा सहयोग गर्नुहुने सम्पुर्णमा नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

, , , , ,

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र माप्यदुधकोशी गाउॅंपालिका १ को सिमाना जुभिङघाट स्थित दुधकोशी नदीमा निर्माणाधिन पक्की पूलको निर्माण तिब्र गतिमा भईरहेको छ । जसको पछिल्लो अवस्थाको जानकारी लिन तथा अनुगमन गर्न आज सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख उपप्रमुख लगायतको टोलि निर्माणस्थलमा पुग्नु भएको छ ।

, ,

सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को GESI Audit गर्नका लागि सबै कार्यपालिका सदस्य वडा सचिव र सरोकारवालाहरुबिच अभिमुखिकरण कार्यक्रम सहित GESI Audit सम्पन्न भएको छ । जसको प्रारम्भिक नतिजामा नगरपालिकाले ६०.५ अन्क प्राप्त गरेको छ । अघिल्लो वर्षमा यो ४० मात्र रहेको थियो ।

, ,

Pages